त्रिविद्वारा आंशिक शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्तामा आउन आग्रह • Image Khabar Image Khabar


त्रिविद्वारा आंशिक शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्तामा आउन आग्रह


Imagekhabar
२७ आश्विन २०७७, मंगलवार १४:५३

त्रिविद्वारा आंशिक शिक्षकलाई   आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्तामा आउन आग्रह

काठमाडौं, असोज २७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ ।

त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।

“आंशिक शिक्षकले राखेका विषयमा वार्ता र छलफलको माध्यमबाट निकास निकाल्न सकिने विषयमा विश्वविद्यालय विश्वस्त रहेको छ”, सूचनामा भनिएको छ ।

त्रिविले लामो समयदेखि रहेको आंशिक शिक्षकको समस्यालाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्नका लागि विश्वविद्यालयले जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका, वि.सं २०७७ ल्याइएको र सोही निर्देशिकाअनुसार नै शिक्षकका माग पूरा हुने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।

त्रिविका आंशिक शिक्षकले निर्देशिकाका सम्बन्धमा केही माग राखी आन्दोलनरत छन् । रासस

प्रतिक्रिया दिनुहोस्