
काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति एक साता पछि धकेलिएको छ ।
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको थियो । तर अब साउन पहिलो साता मात्र सार्वजनिक गर्ने भएको छ ।
यद्यपी राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने मिति तय भईनसकेको बताए ।
मौद्रिक नीतिबारे सुझाव संकलनको काम भर्खर सकिएको र राष्ट्र बैंक सञ्चालक समिति सदस्य समेत रहेका अर्थसचिव राजन खनाल विदेशमा रहेकाले मौद्रिक नीति एक सातापछि धकेलिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्