
रौतहट । लगातार बर्षाका कारण चन्द्रपुर नगरपालिकासहित रौतहटका अधिकांस स्थान डुवानमा परेका छन् ।
भारी वर्षा र बाढीका कारण चन्द्रपुर, ईशनाथ, गौरलगायतका नगरपालिका डुवानमा परेका हुन् ।
त्यसैगरी दुर्गा भगवती गाउँपालिकासमेत डुवानमा परेको छ । पानीको निकास नभएपछि वस्ती डुवानमा परेका हुन् ।
सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयसहितका अधिकांस सरकारी कार्यालय समेत डुबानमा परेका छन् ।
उता, पूर्व–पश्चिम राजमार्गको चन्द्रपुरबाट पूर्वतर्फको कजवेमा पानीको प्रवाह बढी भएका कारण यातायात सञ्चालन रोकिएको छ ।
सबैतिर जलमग्न भएपछि मानिसको चहलपहल न्यून भएको छ ।
पूर्वको बागमती र पश्चिमको लाल बकैया नदीमा पानीको सतह बढ्दै गएपछि दक्षिण भेगका स्थानीय उच्च जोखिमा परेका छन् ।
बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढीले रौतहटको जनजीवन प्रभावित भएको छ ।
बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।
अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् ।
सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ ।
तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ ।
भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु जलमग्न भएका छन् । उता, लाल बकैया नदीले रौतहटको बन्जरहाको बाँधमा कटान गरेको छ ।
बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् । सबैतिर जलमग्न भएपछि मानिसको चहलपहल न्यून भएको छ ।
पूर्वको बागमती र पश्चिमको लाल बकैया नदीमा पानीको सतह बढ्दै गएपछि दक्षिण भेगका स्थानीय उच्च जोखिममा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्