२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


यती एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लियो, दुई जना घाइते


0
Shares

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिँदा दुई जना घाइते भएका छन् ।

नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको एटीआर विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको हो ।

विमानमा सवार यात्रुमध्ये २ जना घाइते भएको र उनीहरुको उद्धार गरी काठमाडौं मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ ।

विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीले आपतकालिन संयन्त्रलाई सुचारु गरेर उद्धार गरिएको बताए ।

विमान चिप्लिएसँगै अहिले अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएको छ ।