१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


चीनबाट उन्नत जातको गाई ल्याउने योजनाको कृषकले गरे विरोध


0
Shares

चितवन, असोज २६ । चीनबाट उन्नत जातको गाई ल्याउने वाग्मती प्रदेश सरकारको योजनालाई चितवनका दुग्ध उत्पादक कृषकहरुले विरोध गरेका छन् ।

गाई ल्याउने र उच्चतम प्रविधि प्रयोग गरी उत्पादनदेखि बजारीकरणमा सहयोग गर्ने राम्रो पक्ष देखाइएपनि ‘मोडालिटी’मा गम्भीर आपत्ति रहेको उनीहरुको भनाइ छ ।

बाहिर राम्रो देखाइएपनि भित्रीरुपमा किसानहरुलाईसमेत विस्थापित गराउने गरी कार्यक्रम आएको भन्दै उनीहरुले विरोध गरेका छन् ।

कृषक तथा सरोकारवालाहरुले मोडालिटीको विरोध गर्दै अहिलेकै अवस्थामा कार्यक्रम लागू भए साना किसानहरु योजनाबाट लाभान्वित नहुने र केही सीमित व्यक्तिमात्रै मोटाउने भन्दै विरोध गरेका छन् ।

पूर्वसम्भाव्यता अध्ययन समितिका संयोजक डा. नारायण श्रेष्ठले किसानले भनेकै कुरालाई राखेर प्रतिवेदन बनाउने र प्रदेश सरकारलाई पेस गर्ने बताउनुभयो ।