
काभ्रे, असोज २६ । काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेका निजी विद्यालयहरुबीच एकीकरण गरेर प्राविधिक शिक्षालय स्थापनाका लागि छलफल सुरु भएको हो ।
नगरपालिकाको शिक्षा समितिले यसबारे नगरभित्र रहेका निजी विद्यालयका प्रतिनिधि र सरोकारवालासँग छलफल अघि बढाएको हो ।
निजी विद्यालयका प्रतिनिधिसमेत नगरपालिकाको प्रस्तावमा सकारात्मक देखिएका छन् ।
हाल नमोबुद्ध नगरपालिकामा सातओटा निजी विद्यालय रहेका छन् । तीमध्ये नगरपालिकाको केन्द्र भकुन्डे क्षेत्रमा पाँचओटा विद्यालय रहेका छन् । यस्तै, नगरपालिकाभित्र ४० ओटा सामुदायिक विद्यालय छन् ।
प्रतिक्रिया दिनुहोस्