चाडपर्वमा बढी भाडा असुल्नेलाई ठगी मुद्धा चलाउने • Image Khabar Image Khabar


चाडपर्वमा बढी भाडा असुल्नेलाई ठगी मुद्धा चलाउने


Imagekhabar
२५ आश्विन २०७७, आईतवार २१:१२

चाडपर्वमा बढी भाडा असुल्नेलाई ठगी मुद्धा चलाउने

काठमाडौं, असोज २५ । ट्राफिक प्रहरीले चाडपर्वको अवसर छोपेर बढी भाडा असुल्नेलाई ठगीमा मुद्धा चलाउने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढी भाडा लिनेलाई कारवाही गरिने बताएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चोक–चोकमा सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेर सवारीसाधनमाथि निगरानी बढाइने बताउनुभयो ।

“कोभिड–१९ को सङ्क्रमण बढेसँगै बसको सिट क्षमताको आधाभन्दा बढी यात्रु बोके ट्राफिक प्रहरीले कारबाही गर्छ”, उहाँले भन्नुभयो ।

यसवर्ष उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष राख्ने महाशाखाले जनाएको छ ।

यस्तै टिकट काउण्टरका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र भिर्नुपर्ने र राजमार्गमा चालकको मादक पदार्थ सेवन ९मापसे० परीक्षण हुने महाशाखा प्रमुख ढकालले बताउनुभयो ।

लामो दूरीका सार्वजनिक यातायातमा दुई चालक अनिवार्य नराखे कारवाही गरीने भएको छ ।

यस्तै, यौनजन्य अपराध नियन्त्रण गर्न सेफ्टी पिन अभियान सञ्चालन गरिने महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्