
दीपक श्रेष्ठ र राममान डंगोल (इमेज)
काठमाडौं, असार २६ । काठमाडौंका सडकहरुको दूरावस्था र धुवाँ–धुलो नियन्त्रण गर्नेतर्फ अझैपनि परिणामुखी काम हुन सकेको छैन ।
हिउँदमा धुलो र वर्षामा हिलोले गर्दा यहाँका सडकमा हिँड्दा निकै सास्ती व्यहोर्नुपर्ने बाध्यता छ ।
काठमाडौंमा घाम लाग्दा धुलो उडेर बाटो नै धुलाम्मे हुने र पानी पर्दा रोपाइँ गर्न तयार खेतजस्ता सडकहरु धेरै ठाउँमा छन् । सहरका अधिकांश सडक वषौंदेखि यस्तै हालतमा छन् ।
काठमाडौंको चाबहिल, चुच्चेपाटीको सडक वर्षाैदेखि धुलाम्मे र हिलाम्मे अवस्थामा छ । सडक निर्माणका लागि स्थानीयले पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायले कहीँ–कतै कुनै सुनुवाइ नगरेपछि स्थानीय आजित भएर विरोधस्वरुप आन्दोलनमै उत्रिए ।
सडक मर्मत–सम्हार र चौडा गर्ने काम दुई वर्षअघि सुरु गरिएपनि अझै पूरा हुन सकेको छैन ।
यस्तै अवस्था छ, काठमाडौंको शेषमती–काभ्रेस्थली सडकखन्डको पनि ।
यो सडकखन्डको अवस्था पनि चाबहिल–चुच्चेपाटी सडकखन्डकोजस्तै छ । पानी नपर्दा धुलो र पानी परेपछि हिलाम्मे ।
त्यसै त साँघुरो सडक त्यसमाथि ठूला–ठूला खाल्डा–खुल्डीमा जम्ने पानीका कारण आवत–जावतमा निकै कठिनाइ भोग्नुपरेको सवारी चलाउने र पैदलयात्री बताउँछन् ।
यता, तारकेश्वर नगरपालिकाका सूचना अधिकारीले भने सडकको यस्तो दुर्गति देख्दादेख्दै पनि मर्मतको काम भइरहेको भन्दै पन्छिन खोजे ।
प्रतिक्रिया दिनुहोस्