२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


संविधान भित्र रहेर प्रशासनिक क्षेत्रको सुधार आवश्यक : मन्त्री पण्डित


0
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालवावु पण्डितले संविधानको भावना अनुसार प्रशासनिक क्षेत्रलाई सुधार गर्दै लैजाने बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले संविधान भित्र रहेर प्रशासनिक क्षेत्रको सुधारका लागि सुझाव दिन आग्रह गरे ।

मन्त्री यादवले राज्यको तलव र सेवा सुविधा लिने मात्रै तर काममा लापरवाही गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे ।

मन्त्री पण्डितले प्रशासनिक क्षेत्रका बेथिति अन्त्य गरेर सेवा प्रवाहलाई जनमुखी बनाउने र लगानीको प्रतिफल लिने तर्फ सरकार गम्भिर रहेको बताए ।