२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


योग अभियन्ता शाही तौलिहवा आइपुगे


0
Shares

बासुदेव बर्मा

कपिलबस्तु । कर्णाली प्रदेशको सुर्खेतबाट योग प्रचारसँगै साइकल यात्रा र देशभक्तीपूर्ण भावना अभिबृद्धिको उदेश्यसहित यात्रामा रहेका १९ बर्षिय युवा कपिलबस्तु सदरमुुकाम तौलिहवा आइपुगेका छन् ।

‘नेपाल योग यात्रा’ लेखिएको साइकलसहित सुर्खेत जिल्लाको सिन्टा गाउँपालिका–३ आर्गीगाउँका योग अभियन्ता बालकृष्ण शाही बुधबार तौलिहवा आइपुगेका हुन् ।

पाचौँ अन्र्तराष्ट्रिय योग दिवश असार ६ गतेदेखि यो यात्रा साइकलद्धारा शुरु गरेका थिए ।

योगका बारेमा ८ वटा शिबिर सम्पन्न गरिसकेका उनले साइकलद्धारा ‘नेपाल योग यात्रा’ गरिरहेका छन् ।

अहिले नेपालका नौं वटा जिल्ला साइकलद्धारा पार गदै दशौं जिल्लाको रुपमा कपिलबस्तुको सदरमुकाम तौलिहवामा आएका हुन् ।

‘सम्पुर्ण साइकल प्रेमी, देशभक्त र योगप्रेमी नेपालीलाई सचेत, स्वस्थ, संस्कारवान, शसक्त र जागरुक बनाएर राष्ट्र निर्माणको लागि जुटाउने लक्ष्य छ ।

मानवता, अध्यात्म, योग, संस्कृति र राष्ट्रियताका सन्देश सम्प्रेण गर्ने उनले बताए ।

अभियानमा उनले देशका ७७ जिल्लामा पुगेर योगको प्रचार–प्रचार तथा योग साधना केन्द्रमा उनले शिविर मार्फत योगको जानकारी पनि गराउँदै आएका छन् ।

उनले भने, ‘योगमा एउटा छुट्टै सुगन्ध छ । यो सुगन्ध देशका कुना–कुनामा पुर्याउने उद्देश्य छ, देशभर योग यात्रामा जोडिएर घुम्दैछु ।’ योग एक जीवन दर्शन र आत्मनुशासन भएको शाहीको भनाइ छ ।

उनी भन्छन् ‘स्वस्थ बनाउन’, संस्कारवान् बनाउनु, नैतिक बनाउनु, चरित्रवान् बनाउनु योगको सुगन्ध हो ।’

योगको प्रचार–प्रसार गदै कपिलबस्तु आएका योग साइकल यात्री तथा अभियन्ता बालकृष्ण शाहीलाई पतञ्जली योग समिति कपिलबस्तु र साइकल राइर्डस अफ कपिलबस्तुले सदरमुकाम तौलिहवामा स्वागत गरेको छ ।

योग साइकल यात्री तथा अभियान्ता शाहीले सदरमुकाम तौलिहवा स्थित राधाकृष्ण मन्दिरमा बुधबार बिहान आयोजित योग शिविरमा प्रवचन समेत दिएका थिए ।