काठमाडौं । नाइजेरिया र सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गएराती भएको क्वाटरफाइनलमा दक्षिण अफ्रिकालाई २–१ ले हराउँदै नाइजेरिया सेमिफाइनलमा पुगेको हो ।
खेलमा नाईजेरियालाई विजयी गराउन विलियम ट्रस्ट–एकङले ८९ औं मिनेटमा निर्णायक गोल गरे ।
यसअघि नाईजेरियाका स्यामुएल चुकेजेले पहिलो गोल गर्दा दक्षिण अफ्रिकाका बांगानी जुंगुले बराबरी गोल फर्काएका थिए ।
हिजै भएको अर्को खेलमा बेनिनलाई १–० ले हराउँदै सेनेगल पनि प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्यो ।
बेनिन विरुद्धको खेलमा सेनेगललाई विजयी गराउन ईद्रिसा गाना गुएले ७० औं मिनेटमा निर्णायक गोल गरे ।
अफ्रिका कप फुटबलका बाँकी दुईवटा सेमिफाइनल खेलहरु आज हुनेछन् ।
आज आईभोरी कोष्ट र अल्जेरिया भिड्दा माडागास्करले ट्युनिसियासँग खेल्नेछ ।








प्रतिक्रिया दिनुहोस्