
काठमाडौं । अल्पसंख्यक मुस्लिम समूदायको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको मुस्लिम आयोगले बारा र पर्साका पढ्नबाट बञ्चित बालबालिकाका लागि शैक्षिक सामाग्री बितरण गरेको छ ।
लैगिक हिंसा सम्बन्धि जनचेतनासहितको कार्यक्रम लिएर ग्रामीण क्षेत्रको मुस्लिम समूदायको बाहुल्यता रहेको बस्तीमा पुगेको आयोगले जनचेतनासहित मुस्लिम समूदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले एक कार्यक्रमकाबीच बाराबाट लैगिक हिंसा सम्बन्धि साताव्यापि जनचेतना कार्यक्रमको शुरुवात गरे ।
मुस्लिम समूदायले लैगिक हिंसा अभियानको नेतृत्व गर्ने भन्दै अन्सारीले मुस्लिम समूदायबीच बिभेदको अन्त्य गरीने बताए ।
उनले पिछडिएको र अत्यन्त गरीव मुस्लिम समूदायका बालबालिकालाई शिक्षाको मुल धारमा ल्याउने संकल्प आयोगको रहेको बताए ।
शिक्षा सबैका लागि भन्ने सरकारी नाराको अगुवाइ मुस्लिम समुदायले गर्ने उहाँको भनाई थियो ।
आयोगले पर्साको टेढाँमा रहेको मदर्सा इस्लामिया र बाराको हरपुर मदर्सामा अध्ययनरत झण्डै चारसय बालबालिकालाई मुस्लिम आयोग अंकित ब्याग र शैक्षिक सामाग्री वितरण गरियो ।
बारा र पर्साका दुर्गम बस्तीमा मुस्लिक समूदायको बाहुल्यता रहेको छ । गरीबिका कारण त्यस क्षेत्रका धेरै बालबालिका बढ्नबाट बन्चित छ ।
आयोगका अध्यक्ष अन्सारीले मुस्लिम समुदायको उत्थानाको लागि आयोगले काम गर्ने र आफूले मुस्लिम समूदायको हक हित र अधिकारको लागि लडि रहने प्रतिबद्धता ब्यक्त गरे ।
मुस्लिम अयोगको लोगो अंकित ब्याग पाउँदा मुस्लिम समूदायका बालबालिकासमेत दंग देखिन्थे । उनीहरुले पढ्ने चाहना हुँदासमेत पढ्न नपाएको गुनासो आयोगसंग गरेका थिए ।
आयोगले प्रदेश नम्बर–१ र २ मा रहेका मुस्लिम समूदायको बाहुल्यता रहेको बस्ती र मदर्साहरुमा लैगिक हिंसा अन्त्य गरौ भन्ने चेतनामुलक कार्यक्रमसहित शैक्षिक सामाग्री बितरण गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्