१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


सेयरबजार पुनः रातो


0
Shares

काठमाडौं, असार २५ । अघिल्लो दिन सामान्य अंकले सकारात्मक रहेको सेयरबजार बुधबार पुनः रातो रह्यो । कारोबार सामान्य सुधारियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १ अंक बढीले ऋणात्मक रहेर १२ सय ४९ कायम भयो ।

लघुवित्त, वाणिज्य बैंक र जीवनबिमा समूह सामान्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो लागे ।

उत्पादनमूलक र निर्जीवन बिमा समूह दोहोरो अंकले ओरालो लागे भने अरु सामान्य अंकले ऋणात्मक रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीका ३० लाख कित्ता बराबर सेयर ५७ करोड ३५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।