
काभ्रे । काभ्रे जिल्लाकै गौरवको आयोजना पुण्यमाता कोरिडोर निर्माण कार्यले तिव्रता पाएको छ ।
काभ्रेका तीन नगरपालिका बनेपा, धुलिखेल र पनौतीलाई जोड्ने बहु–प्रतिक्षीत आयोजना पुण्यमाता कोरिडोर निर्माण सुरु भएको हो ।
वर्षौ अघिदेखि कोरिडोर निर्माण गर्ने आश्वासन दिइएपनि पुण्यमाता कोरिडोर निर्माणको काम भने सुरु भएको थिएन ।
सहरी विकास तथा भवन निर्माण विभागले कोरिडोर निर्माणका लागि रकम उपलब्ध भएपछि काम सुरु भएको हो ।
कुल १४ करोड ४७ लाख ५५ हजार ११ रुपैयाँ लागत इष्टमेट गरिएकोमा ६ करोड २७ लाख ९५ हजार ९ सय ६ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
सोहि अनुसार तीव्र गतिमा काम भइरहेको बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले जानकारी गराउनुभएको छ ।
कुल २३ किलोमिटर लम्बाई हुने करिडोर निर्माणका लागि तीन खण्ड छुट्याइएको छ ।
२०७७ साउन १५ गते ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजनाको निर्माण अवधि ६ महिना रहेको छ अर्थात २०७७ माघ १४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ ।
कोरिडोर नबन्दा खोला आसपासका स्थानीय वर्षौदखि डुवान समस्या भोग्दै आएका छन् ।
कोरिडोरले डुवान समस्यासँगसँगै बढ्दो सडक जामको समस्या समाधान गर्ने बनेपा–७ का वडा अध्यक्ष वर्ण शाक्यले बताउनुभयो ।
महत्वपुर्ण आयोजना निर्माण सुरु भएसँगै अधिकांश खुसी भएपनि केहिले भने सबै जग्गाजमिन मापदण्डभित्र पर्ने र बस्ने ठाउँनै नहुने भन्दै चिन्तित भएका छन् ।
कोरिडोर निर्माण नहुँदा स्थानीयले हरेक वर्ष करोडौंको क्षति वेहोर्नुपरेको छ भने बनेपा–पनौती सडक पनि टिपरका कारण अस्तव्यस्त बन्दै गएको छ ।
स्थानीयको समस्या समाधान गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न सबै लाग्नु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्