Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


सेरेना विलियम्स विम्बल्डन टेनिसको सेमिफाइनलमा


0
Shares

काठमाडौं । अमेरिकी खेलाडी सेरेना विलियम्स विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

गएराती भएको क्वाटरफाइनल खेलमा आफ्नै देशकी एलिसन रिस्केलाई हराँउदै सेरेना सेमिफाइनलमा पुगेकि हुन् ।

रिस्के विरुद्धको खेल सेरेनाले ६/४, ४/६, र ६/३ को सेटमा जितिन् ।

सेरेना करियरमा आठौं विम्बल्डन टेनिसको उपाधि जित्ने लक्ष्यमा छिन् । उनले सन् २०१७ यता ग्राण्डस्लाम जित्न सकेकी छैनन् ।

सेरेनाले अब फाईनल पवेशको लागि ब्रिटेनकी योहाना कोन्टासँग खेल्नेछिन् ।

क्वाटरफाईनलमा चेक गणतन्त्रकी बारबारा स्ट्रीकोभालाई हराउँदै कोन्टा सेमिफाईनलमा पुगेकी हुन् ।

विम्बल्डन टेनिस महिला एकलकै अन्य खेलहरुमा चिनकी झाङलाई हराउदै रोमानियाकी सिमोना हालेप र चेक गणतन्त्रकी क्यारोलिना मुचोभालाई हराउँदै युक्रेनकी एलिना भिटोलिना पनि सेमिफाईनलमा पुगेका छन् ।