Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


विश्वकप क्रिकेटमा भारत र न्युजिल्याण्डको सेमिफाइनल खेल वर्षाले प्रभावित


0
Shares

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल वर्षाले प्रभावित भएको छ ।

भारत र न्यजिल्याण्डबिच हिजो इंग्ल्याण्डको म्यान्चेस्टरमा भएको खेल वर्षाले रोकिएपछि बाँकी खेल आज हुने भएको छ ।

प्रतियोगिताको ढाँचा अनुसार सेमिफाइनल खेल वर्षाले रोकिए रिजर्भ दिनमा खेलाउने प्रावधन छ । सोही प्रावधान अनुसार आज बाँकी खेल हुनेछ ।

हिजो खेल रोकिनुपुर्व न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

न्युजिल्याण्डका रोस टेलर ६७ रनमा अविजित रहेका छन् भने टम लाथम ३ रनमा क्रिजमा छन् । न्युजिल्याण्डका लागि कप्तान केन विलियाम्सन ६७ रन जोडेका छन् ।

आज पनि खेलको निर्णय आउन नसकेकाने अवस्थामा भारत फाईनलमा प्रवेश गर्नेछ ।

लिग चरणमा न्युजिल्याण्ड भन्दा माथि रहदै धेरै अंक जोडेको कारण भारतलाई फाइदा पुग्नेछ  ।

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा भोलि अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्नेछन् ।