
काठमाडौं, असार २४ । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकविरुद्धको आन्दोलन स्थगित गरेको छ ।
महासंघका प्रतिनिधि र सत्तारुढ दल नेकपाका नेताहरुबीच मंगलबार भएको छलफलमा सत्तारुढ दलका नेताहरुले महासंघले उठाएका सबै माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएको भन्दै आन्दोलन स्थगित गरिएको महासंघले जनाएको छ ।
सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा भएको छलफलमा राष्ट्रियसभामा नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्राईले संशोधन प्रक्रियाबाट महासंघले उठाएका विषयहरुको सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।
महासंघका महासचिव रमेश विष्टले संशोधन प्रक्रियाबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धतापछि आन्दोलन फिर्ता लिएको जानकारी दिए ।
सोक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यसहितको टोली र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपा महासचिव विष्णु पौडेल, कानुनमन्त्री भानुभक्त ढकाललगायत उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्