१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


नेप्से ३ अंक बराबरले सकारात्मक


0
Shares

काठमाडौं, असार २४ । पछिल्ला दिन निरन्तर ओरालो लाग्दै आएको पुँजीबजार मंगलबार सामान्य अंकले सकारात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंक बराबरले सकारात्मक रहेर १२ सय ५० कायम भयो ।

कारोबार भएकामध्ये बढीजसो समूह हरियो रहेसँगै नेप्से सकारात्मक रहेको हो ।

जीवनबिमा समूह २४ अंकले उकालो लाग्यो । वित्त, विकास बैंक, जलविद्युत्, वाणिज्य बैंक, उत्पादनमूलक र अन्य समूह सामान्य अंकले हरियो रहे ।

निर्जीवन बिमा, होटल, लघुवित्त र सामूहिक लगानी कोष ऋणात्मक रहे । निर्जीवन बिमा समूह ३७ अंकले ओरालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका १६ लाख कित्ता सेयर जम्मा ४७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।