
कैलाली, असोज २१ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुपमशमशेर जबरामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा एसपी जबरामा कोरोना पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएपछि उहाँ कार्यालयको ‘आइसोलेसन’मा बस्नुभएको बताइएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत् थप २२ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । उनीहरुलाई आइसोलेसनमा राखिएको विष्टले बताउनुभयो ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या २२८ पुगेको छ । १२४ जना संक्रमणमुक्त भइसकेका छन् भने १०४ जना प्रहरी सक्रिय संक्रमित रहेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्