२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


काँक्रो र काउली बोकेर विरोध प्रदर्शनमा उत्रिए विद्यार्थी


0
Shares

काठमाडौं ।  नेपाल–भारत सीमा नाकामा भारत तथा तेस्रो मुलुकबाट आयत गरिएको तरकारी तथा फलफुल परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेपछि देशका बिभिन्न भागमा प्रदर्शन भइरहेको छ ।

मंगलबार अपरान्ह सरकारी निर्णयका विरुद्ध नेवि संघ समर्थित विद्यार्थीहरुले प्रदर्शनी मार्गमा काँक्रो, फर्सि, कुभिन्डो, काउली बोकेर प्रदर्शन गरेका छन् ।

नेवि संघका निबर्तमान केन्द्रिय सदस्य शैलेन्द्र शर्मा गौडेलको अगुवाइमा आरआर क्याम्पस, ल क्याम्पस, बाल्मिकी क्याम्पसलगातका विद्यार्थीहरु फलफुल र तरकारी बोकेर सडकमा निस्किएका थिए ।

भारतीय दबाबमा दबाबमा बिषाधीयुक्त, फलफूल र तरकारी बिना परिक्षण नेपाल भित्र्याउने सरकारको निर्यणको बिरुद्ध प्रदर्शन गरिएको नेता गौडेलले बताए ।

प्रदर्शनपछि नेता गौडेल, पुस्कर बाँस्तोला, राजकुमार रेग्मीलगायतले सरकारी निर्णयको चर्को विरोध जनाए ।