Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


बर्दियाको गेरुवा गाउँपालिकाको कार्यालयमा आगजनी, घटनास्थलमा विप्लव समूहको पर्चा भेटियो


0
Shares

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

गएराति आएको अज्ञात समूहले गाउँपालिकाको कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आगजनीबाट गाउँपालिकाको कार्यालय र त्यहाँ राखिएका कागजात पूर्णरुपमा ध्वस्त भएका छन् । आगजानीको जिम्मेवारी कसैले लिएको छैन ।

तर, घटनास्थलमा नेत्रवित्रम चन्द नेतृत्वको नेकपाको भेरी कर्णाली ब्यूरोको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

यसैबीच आगलागी भएको थाहा पाएलगत्तै घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय पाताभारको टोलीका ईन्चार्ज प्रहरी निरीक्षक यमबहादुर मल्ल छत लडेर घाइते भएका छन् ।

टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।