मेडिकल कलेजले ठगे तीन वर्षमा तीन अर्ब • Image Khabar Image Khabar


मेडिकल कलेजले ठगे तीन वर्षमा तीन अर्ब


Imagekhabar
२१ आश्विन २०७७, बुधबार ०६:२५

मेडिकल कलेजले ठगे तीन वर्षमा तीन अर्ब

काठमाडौं । शिक्षामा सरकारले तोकेभन्दा मेडिकल कलेजले १८ लाख रुपैयाँसम्म बढी शुल्क लिए भनेर अभिभावक रोएका छन्, विद्यार्थीले नारा लगाएका छन्, डा. गोविन्द केसी पटकपटक अनशन बसेका छन् । यो सारा आवाज सरकारले उपेक्षा गरेको छ ।

त्यति मात्र होइन, सरकारले नै गठन गरेको छानबिन समितिको ठहर छ– मेडिकल कलेजले तीन वर्षमा तीन अर्ब ठगी गरे ।

अभिभावक रुवाउने, विद्यार्थी तर्साउने यी मेडिकल कलेजलाई कुनै कारबाही गर्न नसक्ने सरकार डा. केसीसँग भने दम्भ देखाउँदै छ ।

सरकारले नै गठन गरेको छानबिन समितिले मेडिकल शिक्षाका नाममा भइरहेको लुटको भयावह तस्बिर फेला पारेको हो ।

‘नेपाली विद्यार्थीबाट मात्र तीन वर्षमा तीन अर्बभन्दा बढी असुल गरिएको छ, विदेशी विद्यार्थीबाट उठाइएको शुल्क बेहिसाब छ,’ छानबिन समितिको ठहर छ ।

मेडिकल कलेजमा भइरहेको अवैध असुलीबारे विद्यार्थी, डा। केसी र मिडियाले लगातार आवाज उठाएपछि सरकारले सतर्कता केन्द्रका डिआइजी कमल अधिकारीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले सन् ०१५ देखि १८ सम्म मेडिकल कलेजहरूमा विद्यार्थी भर्ना संख्या, विभिन्न शीर्षकमा उठाइएको शुल्कलगायतका विषयमा स्थलगत अध्ययन गरेको थियो ।

६ महिना अध्ययन गरेर तयार पारेको प्रतिवेदन राष्ट्रिय सतर्कता केन्द्रले गत वर्ष ७ कात्तिकमा प्रधानमन्त्रीलाई बुझाएको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्