२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


‘नेपालका लागि पारमाणविक भट्टी स्थापना र सन्चालन संवेदनशील’


0
Shares

काठमाडौं, असार २३ । निजी क्षेत्रलाई पारमाणविक भट्टी सन्चालनको अनुमति दिन नहुनेमा विज्ञहरुले जोड दिएका छन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सहभागी विज्ञहरुले पारमाणविक भट्टी निजी क्षेत्रलाई नदिन सुझाव दिएका हुन् ।

पारमाणविक तथा रेडियाधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलकाक्रममा उनीहरुले मानवसंहारमा त्यस्ताखालका भट्टीहरु दुरुपयोग हुनसक्ने औंल्याए ।

चिकित्सक शान्तलाल श्रेष्ठ र प्राध्यापक सुरेन्द्रप्रसाद पण्डितले ठूल्ठूला युद्धमा प्रयोग हुने पारमाणविक हतियार उत्पादन गर्ने अधिकार सरकारमामात्रै सीमित गर्नुपर्ने बताए ।

डा. श्रेष्ठले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोगका लागि ल्याइएको विधेयक सही भएपनि भट्टी स्थापना गर्ने प्रावधान भने उचित नभएको बताए ।

यस्तै, प्राध्यापक पण्डितले भारत र चीनजस्ता ठूला छिमेकीको बीचमा रहेको नेपालका लागि पारमाणविक भट्टी स्थापना र सन्चालन संवेदनशील हुने भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरे ।