
विराटनगर, असार २३ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटले सूचनाको हकसम्बन्धी अधिकारलाई कसैले कुन्ठित गर्न नसक्ने दाबी गरेका छन् ।
सोमबार राष्ट्रिय सूचना आयोगले विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले सूचनाको हक लोकतन्त्रको आधार भएकाले यसलाई कुन्ठित गर्ने कुरा कल्पना पनि गर्न नसकिने बताए ।
कार्यक्रममा बोल्ने अरु वक्ताहरुले सूचनाको हकसम्बन्धी अधिकारको पूर्णकार्यान्वयनमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्