१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


सिँचाइ सुविधा उपलब्ध भएसँगै उत्पादन बढ्न थाल्यो, किसान हर्षित


0
Shares

सिन्धुली, असार १५ । सिन्धुलीमा सिँचाइ सुविधा उपलब्ध भएसँगै उत्पादन बढेपछि किसान हर्षित भएका छन् ।

जिल्लाका तीनपाटन, भालुखोला र दुधौली टाडीमा बाँझो र सुक्खा रहेका जमिनमा व्यवस्थित बाँध निर्माण गरेर सिँचाइ सुविधा पु¥याइएपछि किसानले अन्नबाली र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिन्धुलीबाट सञ्चालित सिँचाई आयोजना तथा सामुदायिक व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनाबाट सिँचाइका कार्यक्रम सञ्चालन भएका हुन् । नदी कटानले बगर बनेका क्षेत्र र सिँचाई सुविधाको अभावमा घाँसे चौडी बनेका जमिनमा बाह्रै महिना सिँचाई सुविधा पुग्न थालेपछि त्यस क्षेत्रका किसानको जीवनमा परिवर्तन आएको छ ।

परम्परागत रुपमा सञ्चालन हुँदै आएको भालुखोला, विजयपुर सिँचाई योजनाका कुलो नहरलाई सिँचाई विकास डिभिजन सिन्धुलीले समुदाय व्यवस्थित सिँचित कृषि क्षेत्र योजनाबाट पुनर्निर्माण गरेर नहरमा पानी सञ्चालन गरेको हो ।

आयोजना सञ्चालनपछि कमलाखोंच क्षेत्रको टाडीमा करिव पाँच सय घरधुरीका किसानको चार सय हेक्टर जमिनमा सिँचाई सुविधा पुगेको छ ।