
काठमाडौं, असार २३ । काठमाडौंको बालाजुस्थित गंगा हल अगाडि गएराति मोटसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सो दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार मनमैजु बस्ने धादिङ, निलकण्ठका २१ वर्षीय भुवन आलेको सो दुर्घटनामा मृत्यु भएको हो । गम्भिर घाइते भएका आले र पछाडी सवार २० वर्षीय मिलन मगरलाई उपचारको लागि स्वयम्भुस्थित मनमोहन अस्पताल पुर्याइएकोमा आलेको उपचारकै क्रममा मृत्यु भएको हो ।
घाइते मगरलाई थप उपचारको लागि राति नै महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएकोमा आईसीयु नभएका कारण पुनः न्युरो असपताल बाँसबारी रिफर गरिएको छ ।
गएराति पौने १ बजे बा९३प ७१७३ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो ।
प्रतिक्रिया दिनुहोस्