सौन्दर्य पेशाको निषेधाज्ञा हटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र • Image Khabar Image Khabar


सौन्दर्य पेशाको निषेधाज्ञा हटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


Imagekhabar
१८ आश्विन २०७७, आईतवार १५:२०

सौन्दर्य पेशाको निषेधाज्ञा हटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौ । नेपाल व्युटिसियन संघले सौन्दर्य प्रशाधन (नाई, व्युटिपार्लर) पेशामा जारी रहेको निषेधाज्ञा हटाउन माग गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ ।

संघले आइतबार ईमेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

संघका केन्द्रीय अध्यक्ष भगवती खड्काद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा सात महिनादेखीको लकडाउन तथा निषेधाज्ञाले सबै पेशा व्यवसायलाई अप्ठ्यारो बनाएको भए पनि केहि समय अगाडिदेखी मनोरञ्जन र शिक्षा बाहेक प्रायः सबै पेशा व्यवसाय सुरक्षा मापदण्ड अपनाएर खुलाएको तर नाई र व्युटिपार्लर पेशामा अझै निषेधाज्ञा जारी नै रहेकोले श्रमिकहरु ठुलो मारमा परेको उल्लेख छ ।

नाइ र ब्युटिपार्लर पेशाालाई पनि आवश्यक सुरक्षा मापदण्ड अपनाएर तत्काल खुलाउनु संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्