
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउंपालिका–४ स्थित चाकु खोलामा आएको बाढीमा परि दुई जना मजदुर बेपत्ता भएका छन् ।
भोटेकोशीमा निर्माणाधीन शिवश्री हाइड्रोपावरमा गएराति बाढीले बगाउँदा त्यहां कार्यरत दुई जना मजदुर बेपत्ता भएका हुन् ।
वेपत्ता हुनेमा ठेगाना नखुलेका यादव काफ्ले र राम अवतार चौधरी छन् । भोटेकोशीमा निर्माणाधीन शिवश्री हाइड्रोपावरमा गएराति आएको बाढीले उनीहरुलाई बगाएको हो ।
राति खाना खाएर सुत्न जाने क्रममा उनीहरू बाढीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीमा परि घाइते दुई जनालाई भने उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।
बाढीले हाइड्रो पावरमा क्षति पु¥याएको छ भने निर्माणस्थलमा रहेको एउटा पुल बगाएको छ ।
प्रतिक्रिया दिनुहोस्