
काठमाडौं, असार २१ । चालू आर्थिक वर्षको ११ महिनामै एक खर्ब ११ अर्ब रुपैयाँ बढीको कृषिजन्य वस्तु आयात भएको छ ।
यस अवधिमा ४७ अर्ब बराबरको खाद्यान्नमात्रै आयात भएको छ भने ३३ अर्बको तरकारीजन्य वस्तुको आयात भएको भन्सार विभागको तथ्यांक छ ।
समीक्षा अवधिमा तरकारीजन्य वस्तुहरु २६ अर्बको तथा तेलहन वस्तुहरु १३ अर्बको आयात भएको तथ्यांक विभागको छ ।
चिया तथा कफी १० अर्बको आयात भएको तथा दुई अर्ब ९२ लाखको चिनी आयात भएको छ ।
यस अवधिमा ६ अर्बको पेय पदार्थ, एक अर्ब बढीको दूध तथा दुग्धजन्य वस्तु आयात भएको विभागले जनाएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा एक खर्ब २३ अर्ब बढीको कृषिजन्य वस्तु आयात भएको थियो ।
प्रतिक्रिया दिनुहोस्