-सागर महत/ईमेज
अर्घाखाँची । अर्घाखाँचीको विकट शितगंगा नगरपालिकाका विकट गाउँका विद्यार्थी समस्यामा परेका छन् ।
दैनिक चार/पाँच घण्टा हिँडेर विद्यालय जानुपर्ने भएकाले विद्यार्थी समस्यामा परेका हुन् ।
टाढाटाढाका विद्यार्थीलाई मध्यनजर गरी छात्राबासको व्यवस्था मिलाइए पनि व्यवस्थित हुन सकेको छैन ।
अर्घाखाँचीको शितगंगा नगरपालिका क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो नगरपालिका हो ।
नगरपालिका भए पनि यसभित्रका कतिपय ठाउँहरु अत्यन्तै विकट छन् ।
नगरपालिकाका ९, १० र ११ वडाका विद्यार्थीहरु माध्यमिक तह पढ्न दैनिक ४/५ घन्टाको बाटो हिड्नुपर्ने भएकाले विद्यार्थीहरु समस्यामा परेका हुन् ।
सोही बाध्यतालाई मध्येनजर गरी २०६८ मा जनजागृति माविमा मणिराम पौडेल स्मृति छात्रबास स्थापना गरिएको थियो ।
टाढाटाढाका विद्यार्थी र शिक्षक छात्राबासमा बसिरहेका छन् । छात्राबास कच्ची, अव्यवस्थित र साँघुरो भए पनि बस्नुपर्ने बाध्यता रहेको शिक्षक शम्भु पौडेलको भनाइ छ ।
छात्राबासमा अहिले ४/५ घन्टा हिडेर आउनुपर्ने बाध्यता भएका करिब १ सय ५० विद्यार्थी तथा शिक्षक बसोबास गरिरहेका छन् ।
विद्यालयमा आउन एकतर्फी बाटो ४ घन्टा हिड्नुपर्ने भएकाले छात्राबासमा बसोबास गरिरहेको रुमनाथ अधिकारी बताउँछन् ।
यो बर्ष छात्राबास निर्माणको लागि प्रदेश सरकार र नगरपालिकाले केही सहयोग गरे पनि त्यो पर्याप्त हुन सकेको छैन ।
शिक्षाजस्तो आधारभूत विषयमा पनि सहज पहुँच हुन नसक्नु दुर्भाग्यपूर्ण छ । सुविधाजनक छात्रावासको लागि सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।








प्रतिक्रिया दिनुहोस्