हिरासतमै एक महिलाको मृत्यु • Image Khabar Image Khabar


हिरासतमै एक महिलाको मृत्यु


Imagekhabar
१५ आश्विन २०७७, बिहीबार १५:४६

हिरासतमै एक महिलाको मृत्यु

रौतहट, असोज १५ । रौतहटको गुजरा नगरपालीका–२ कटानीकी एक महिलाको प्रहरी हिरासतमा मृत्यु भएको छ ।

महिलाको थुनुवा कक्ष नभएपछि प्रहरीले गरुडास्थित महिला बालबालिका सेवा केन्द्रको हिरासतमा राखेको थियो ।

खाना खाएर निदाएकी ती महिला बिहीबार बिहान मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

अनैतिक सम्बन्ध राखेका अबस्थामा उनी र एक जना पुरुष दुवैलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा लिएको थियो ।

ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको विजय महराको मृत्यु प्रकरण शेलाउन नपाउदै पुन प्रहरी हिरासतमा महिलाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्