२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


रोयल इन्फिल्ड र बेनेलीसँग प्रतिस्पर्धा गर्न होन्डाले ल्यायो नयाँ बाइक


0
Shares

काठमाडौं । बजारमा सर्वाधिक विक्री भइरहेको रोयल इन्फिल्ड क्लासिक ३५० का साथै बेनेली इम्पेरियल ४०० लगायतलाई टक्कर दिन होन्डाले नयाँ मोटरसाइकल उत्पादन गरेको छ ।

होन्डाले भारतमा मोडर्न क्लासिक मोटरसाइकल होन्डा हाइनेस सीबी ३५० सार्वजनिक गरेको हो ।

रेट्रो स्टाइलको यो मोटरसाइकल प्रिमियम उत्पादन हो र यसलाई भारतमै उत्पादन गरिन्छ ।

भारतीय बजारमा कम सिसी क्षमताका मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आइरहेको होन्डाले यो मोटरसाइकल बजारमा ल्याएपछि क्रुजर सेग्मेन्टमा प्रतिस्पर्धा थपिने अड्कलबाजी गरिएको छ ।

यसको मूल्य १ लाख ९० हजार भारु तोकिएको छ । १५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ ।

बाइक सानो देखिएपनि पूर्णत मेटल बडीका कारण हेभी छ । बाइकको अघिल्लो भागमा एलईडी लाइटको प्रयोग गरिएको छ ।

नेपाली बजारमा स्याकार ट्रेडिङ कम्पनीले होन्डा विङ वर्ल्ड अन्तर्गत होन्डाका बिग बाइक उपलब्ध गराइरहेको छ ।

भारतमा अब अक्टोबर महिनामै बाइक डेलिभरी गरिने बताइएको छ । नेपाली बजारमा पनि केही महिना पछि भित्रने अनुमान गरिएको छ ।