१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति छः प्रधानमन्त्री


0
Shares

kp oli cabinet reform

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चामाध्यमहरुमा पनि विकृति आएको गुनासो गर्नुभएको छ ।

बुधबार साँझ मिडिया एलायन्सका पदाधिकारीहरुसँग भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताउनुभएको हो ।

उहाँले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताउनुभयो ।

सञ्चार माध्यमले सरकारलाई दिनहुँ गालि गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफूले एक पटक सुझाव दिँदा सहन्न भन्ने प्रवृति सम्पादकहरुमा देखिएको पनि प्रधानमन्त्री ओलीको टिप्पणी छ ।

सरकारलाई दिनरात गाली गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्ने उहाँको सुझाव छ ।

प्रधानमन्त्री ओलीले मिडियाकर्मीहरुसँग विज्ञापन बोर्डको गठन छिट्टै हुने प्रतिवद्धता समेत जनाउनुभयो ।

बोर्ड गठन नहुँदासम्म अन्य कुनै सरकारी संयन्त्रबाट बिज्ञापन बजारको नियमन गरिने गरिने समेत बताउनुभयो ।