१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024


डा.गोविन्द केसीको जीवन रक्षा गर्न माग


0
Shares

काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले डा.गोविन्द केसीको जीवन रक्षा प्राथमिकतामा राखिनुपर्ने बताएका छन् ।

काठमाडौंमा गरिएको कार्यक्रममा डा.केसीले उठाएका सबै विषयमा सहमति खोज्न लाग्दा समय लाग्ने भन्दै पहिलो प्राथमिकता जीवन रक्षालाई बनाउनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस नेता सञ्जय गौतमले सरकारले विज्ञहरुले तयार पारेको माथेमा आयोगको प्रतिवेदनको भाव र मर्म नबुझेको बताए ।

सरकारले अचानक नयाँ ढङगबाट विधेयक ल्याउनु बहुमतको दम्भ भएको गौतमको आरोप थियो ।

राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले डा. केसीको प्राणरक्षा गरिनुपर्ने र उनले पनि कतिपय हठ छोड्नु पर्ने धारणा व्यक्त गरे ।