बाबुराम भट्टराई खाना बाँड्न पुगे खुलामञ्च

काठमाडौं, असोज १४ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुधबार खुलामञ्चमा पुगेर खाना बाँड्नु भएको छ ।
जनता समाजवादी पार्टी, नेपालका नेतासमेत रहनु भएका भट्टराई पत्नी हिसिला यमीसहित खाना बाँड्न खुलामञ्च जानुभएको हो ।
काठमाडौंको खुलामञ्चमा हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एसोसियसन, गसिप क्वीन र हाम्रो सानो प्रयास संस्थाले लकडाउन र निषेधाज्ञाका समस्यामा परेकाहरुलाई खाना खुवाउँदै आएका छन् ।