६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


सुनचाँदीको मूल्य सामान्य वृद्धि


0
Shares

Gold price hike nepal

काठमाडौं । नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ ।

मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज(बुधवार) प्रतितोला रु ५०० ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० तोकेको छ ।

मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० थियो ।

यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले वृद्धि भई एक हजार १९० पुगेको छ ।