
इलाम, असार २० । इलामको रोङ गाउँपालिका वडा नम्बर ५ इरौटार र वडा नं. ६ जिर्मलेका किसानले अम्रिसोको सिटा बेचेर राम्रो आम्दानी गर्ने गरेका छन् ।
अम्रिसो इलामको पहिचान बोकेको घाँसे बाली हो । बर्सेनि यसको फूलको कुचो बेचेर हजारौं आम्दानी गर्ने गरेका किसानले पछिल्लो समय यसको बोट काटेर पशुलाई खुवाएर बाँकी रहेकोे सिटाबाटसमेत आम्दानीको थप स्रोत जुटाउन थालेका हुन् ।
किसानबाट प्रतिकेजी पाँच रूपैयाँमा किनेकोे सिटा व्यपारीले झापाको उद्योगमा पुर्याएर १० रूपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् । अम्रिसोको सिटासमेत बिक्री हुन थालेपछि किसानलाई दोहोरो फाइदा हुने भएको छ । उचित्त मूल्य र नियमित बजारको अभावले अम्रिसोबाट किसानले सोचे जस्तो आम्दानी लिन भने सकेका छैनन् । कुचोलाई आकर्षक बनाउन सिटा प्रयोग हुने व्यवसायीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्