
नयाँ दिल्ली, असार २० । भारतको राजधानी नयाँ दिल्लीमा सामूहिक बलात्कारको एउटा डरलाग्दो घटना प्रकाशमा आएको छ ।
समाचार एजेन्सीहरुका अनुसार पाँच वर्षीया बालिकाको सामूहिक बलात्कार भएको हो । प्रहरीले सामूहिक बलात्कारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरु पनि नाबालिग रहेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार ती बालिकालाई सामूहिक बलात्कार गर्ने १० र ११ वर्षीय दुई बालकलाई नियन्त्रणमा लिएर सुधार गृहमा राखिएको छ ।
समाचार एजेन्सीहरुका अनुसार घर नजिकैको पार्कमा खेलिरहेकी ती बालिकालाई छिमेककै दुई बालकले बलात्कार गरेका हुन् । निकै बेरसम्म बालिका घर नपुगेपछि उनकी आमाले पार्कतिर खोजी गर्दा रोइरहेको अवस्थामा फेला पारेको बताइएको छ ।
उनी पुग्नासाथ दुवै बालक भागेका थिए । प्रहरीको सहयोगमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पाइएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्