१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


‘बैंकहरुको ‘फोर्स मर्जर’ हुँदैन, मर्जर स्वाभाविक नै हुनुपर्छ’


0
Shares

काठमाडौं, असार १९ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि मौद्रिक नीति सार्वजनिक गर्नुअघि बैंकहरुलाई ‘मर्जर’मा जान प्रस्ताव माग गरेको छ ।

आगामी मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजाने सरकारी तयारी छ ।

मर्जरपछि बैंकहरु बलियो, सबल हुने र ऋण दिनसक्ने क्षमतामा पनि वृद्धि हुने भएकाले आगामी वर्ष बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजाने सरकारी तयारी रहेको हो ।

गत साता राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुखलाई बोलाएर मर्जरका लागि तयारी गर्न निर्देशन दिएका थिए ।

अहिले बैंकहरु मर्जरका लागि आफ्नो ‘पार्टनर’ खोज्नका लागिसमेत लागिपर्दै आएको जनाइएको  छ ।

बैंकहरुको संख्या घटाइ बैंकहरुलाई बलियो बनाउन तथा स्वस्थ प्रतिस्पर्धा हुने वातावरणका लागि मर्जर आवश्यक रहेको राष्ट्र बैंकले तर्क गर्दै आएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना भने मर्जर आवश्यक र लाभदायक नै भएपनि ‘फोर्सफुल’ मर्जर सम्भव नहुने र त्यसतर्फ भने लाग्न नहुने बताउँछन् ।

फोर्सफुल मर्जर गर्दा बैंकहरुमा स्वस्थ प्रस्पिर्धा नहुने भएकाले मर्जर स्वाभाविक नै हुनुपर्ने उनको भनाइ छ ।

‘ज्वाइन्ट भेन्चर’ भएका बैंकहरुलाई आफ्ना केन्द्रीय बैंकको पनि सहमति लिनुपर्ने भएकाले यी बैंकमा यसका लागि प्रक्रिया अझै लामो हुनसक्ने जनाइएको छ ।