
काठमाडौं, असार १९ । नेपाल बंगलादेश बैंकले दुई अर्बको ऋणपत्र बाँडफाँट गरेको छ ।
बैंकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सर्वसाधारण समूहबाट ११ करोड ४७ लाख ७८ हजार र व्यक्तिगत तर्फबाट एक अर्ब ८८ करोड ५२ लाख २२ हजार रुपैयाँ गरी दुई अर्बको ऋणपत्र निष्कासन रकमका लागि बाँडफाँट गरेको हो ।
बैंकको १०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५ को एक हजारअंकित दरका २० लाख कित्ता ऋणपत्र गएको जेठ १० गतेदेखि असार ८ गतेसम्म निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडद्वारा व्यक्तिगत तथा सर्वसाधारणका लागी बिक्री खुला गरेको थियो ।
यसमध्ये सर्वसाधारणतर्फ ६९५ जना योग्य आवेदकहरुलाई एक लाख १४ हजार ७७८ कित्ता र व्यक्तिगततर्फ २७ जनालाई आवेदकलाई ६ लाख ८५ हजार २२२ कित्ता गरी कुल १८ लाख ८५ हजार २२२ कित्ता ऋणपत्र बाँडफाँट गरेको बैंकले जनाएको छ ।
दुई अर्ब लगानी बढेसँगै बैंकको कुल चुक्ता पुँजीमा २ प्रतिशतले वृद्धि हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्