कियाको कार किन्दा चार लाख रुपैंयाँसम्म छुट • Image Khabar Image Khabar


कियाको कार किन्दा चार लाख रुपैंयाँसम्म छुट


Imagekhabar
१३ आश्विन २०७७, मंगलवार ०९:३२

कियाको कार किन्दा चार लाख रुपैंयाँसम्म छुट

काठमाडौं । दसै तिहार लक्षित गर्दै किया मोटर्सको आधिकारिक बितरक कन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नयाँ स्कीम सार्वजनिक गरेको छ ।

हालै भारी नगद छुट सहितको ‘बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्बजनिक गरेको हो ।

यस योजना अन्तर्गत किया स्पोर्टेज र सेल्टोस एसयुभी खरिद गर्ने ग्राहकले चार लाखसम्म नगद छुट पाउने छन् ।

यसको अतिरिक्त एक बर्षको बिमा बापतको रकम र सडक कर समेत कम्पनी आफैले तिरिदिने बताइएको छ ।

भारतीय बजारमा समेत उत्पादन हुन थालेपछि किया ब्रान्डका सवारी साधनले नेपाली बजारमा पछिल्लो समय राम्रो कारोबार गर्न सफल भइरहेको छ ।

कियाले पछिल्लो समय सोनेट मोडलको क्रसओभर सार्बजनिक गर्ने तयारी गरिरहेको छ ।

सुरुवाती मुल्य ३५ लाख ९० हजारमा यसको बुकिङ लिइरहेको कम्पनी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्