१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


सेयरबजारको वृद्धि टिकेन


0
Shares

काठमाडौं, असार १९ । सेयरबजारको वृद्धि टिक्न सकेन ।

पछिल्ला दुई दिन दोहोरो अंकले उकालो लागेको सेयरबजार साताको अन्तिम दिन बिहीबार पुनः ओरालो लाग्यो ।

यसदिन नेप्से पुनः ऋणात्मक रह्यो भने कारोबारमा केही सुधार आयो ।

नेप्से ८ अंक बढीले ऋणात्मक रही १२ सय ६० कायम भएर थामियो ।

यसदिन कारोबार भएका सबै समूह ओरालो लागे । निर्जीवन बिमा समूह सबैभन्दा उच्च ६२ अंकले ओरालो लाग्यो । जीवनबिमा समूहमा पनि ५४ अंक बराबरले गिरावट आयो । जलविद्युत् समूह पनि दोहोरो अंकले झर्दा अरु भने सामान्य अंकले रातो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७७ कम्पनीका ८९ लाख ५० हजार कित्ता सेयर ६७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।