१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


मनोहरापीडितको ज्ञापनपत्र


0
Shares

काठमाडौं, असार १९ । काठमाडौंको मनोहरास्थित सरस्वतीनगर टोलसुधार समितिले मनोहरा जग्गा एकीकृत आयोजनामा भएको ढिलाइप्रति आपत्ति जनाएको छ ।

समितिले बिहीबार आयोजना प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै दुई वर्षमा पूरा गर्नुपर्ने आयोजना १७ वर्षसम्म पनि पूरा नगरी आफूहरुको न्यूनतम् अधिकारबाट वञ्चित गरिएको भन्दै आपत्ति जनाएको हो ।

पीडितहरुले २०६४ सालमा भएको सहमतिअनुसार नै परियोजना पूरा गर्न पनि माग गरेका छन् ।

मनोहरा जग्गा एकीकृत आयोजनाका निमित्त प्रमुख रोशनमान शाक्यले आयोजना यथाशक्य छिटो पूरा गर्न लागिपरेको बताए ।

तत्कालीन अवस्थामा गरिएको सहमतिअनुसार नगरी आयोजनाले आफूखुसी जग्गाको मूल्यवृद्धि गरेको भन्दै पीडितहरुले आपत्ति जनाएका छन् ।

आयोजनाले २०६० सालको नक्साअनुसार भएको सडकलाईसमेत नमानेर २०२१ सालको नापीअनुसार गर्न खोजी बस्तीवासीमाथि शोषण गर्न खोजेको भन्दै उनीहरुले आपत्ति जनाउँदै आएका छन् ।

२०६४ सालमा भएको सहमतिअनुसार आयोजना सम्पन्न नगर्ने भए आफूहरुलाई आयोजनाबाट अलग गराउन पनि पीडितहरुले माग गरेका छन् ।