काठमाडौं, असार १९ । राष्ट्रियसभाअन्तर्गत्को विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय खेलकुद विकास र प्रमाण दोस्रो संशोधन विधेयकमाथि छलफल भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले खेलकुद क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिएका थिए ।
खेल क्षेत्रको विकासबाट मुलुक अगाडि बढ्नसक्ने भएकाले विधेयकमाथि विज्ञहरुको सुझाव आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेलकुद विकास विधेयक गहन अध्ययनपछिमात्र अगाडि बढाउनुपर्ने बताए ।
समितिका सभापति परशुराम मेघी गुरुङले सांसदहरुको सुझावसहित विज्ञहरुसँगको परामर्शपछि विधेयकलाई टुंग्याइने बताए ।








प्रतिक्रिया दिनुहोस्