१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


धान रोपाइँको बेला देशैभर रसायनिक मल र सिंचाइको अभाव


0
Shares

काठमाडौं(जिल्ला ब्यूरो) । देशैभर रोपाइँको चटारो चलिरहेका बेला कतै मल अभाव त कतै सिँचाइको असुविधाका कारण किसानहरु चिन्तित भएका छन् ।

वर्षदिनसम्म खाने बाली लगाउने बेला अनेक समस्याले घेरिएपछि कृषकहरु निराश बनेका हुन् ।

सरकारी तथ्याङकअनुसार १ नं प्रदेशमा बार्षिक साढे १२ लाख भन्दा बढी धान उत्पादन हुने गरेको छ ।

तर मौसममा आएको परिर्वतनका कारण अहिलेसम्म प्रदेश १ मा १७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।

सरकारले धान खेतीका लागि अनुदानमा मल उपलब्ध गराउँदै आए पनि कृषि सामाग्री कम्पनी विराटनगरमा डिएपी मलको गोदाम रित्तिएको छ ।

धान रोपाईको शुरुवाती दिनमा नै मल सकिएपछि सामाग्री कम्पनीले अब किसानहरुलाई आवश्यक मल उपलब्ध गराउन नसक्ने जनाएको छ ।

किसानको माग अनुसार सहकारीमार्फत् डिएपी मल कार्यालयले उपलब्ध गराउदै आएकोमा मौजाद १८ टन डिएपी मलपनि सकिएको कृषि समाग्री कम्पनी विराटनगरका सूचना अधिकारी नवरत्न गौतम बताउँछन् ।

उता,सुदूरपश्चिम प्रदेशमा मागको ७० प्रतिशत मल आपूर्ती गर्ने जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले भने आपूर्तीकर्ताले ढुवानी नगरेपछि समस्या भएको दाबी गरिरहेको छ ।

केन्द्रीय कार्यालयले नै सम्झौता गरी नियुक्त गरेको आपूर्तीकर्ताको अटेरीपछि अब सहकारी संघसंस्थाले सोझै भैरहवाबाटै मल ढुवानी गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको कृषि समाग्री कम्पनी लिमिटेड धनगढीका निमित्त प्रबन्धक नवल सिंह बोगटी बताउँछन् ।

हरेक वर्ष मागको ६० प्रतिशत मल आयात नहुँदा किसानले खेप्दै आएको समस्या समाधानका लागि अहिलको सुदुरपश्चिम प्रदेश सरकारका कृषिमन्त्रीले समेत पहल नगरेको किसानहरुको बुझाइ छ ।

मल अभावका कारण धान रोप्ने किसान मात्र नभएर अन्य खेती गर्दै आएकाहरु मारमा परेको कैलालीका कृषक बताउँछन् ।

मल, बीउ, सिँचाइजस्ता कृषिका आधारभूत आवश्यकतामै किसानहरु वर्सेनि पिरलिनुपर्ने अवस्थामा कृषिबाट मुलुक कसरी समृद्ध बन्ला ठूलो प्रश्नचिह्न खडा भएको छ ।