प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा • Image Khabar Image Khabar


प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा


Imagekhabar
११ आश्विन २०७७, आईतवार १६:१४

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा

काठमाडौ, असोज ११ । नेपाली सेनाका प्रधानसेनापति पूर्ण चन्द्र थापा सेल्फ क्वारेन्टिनमा बस्नुभएको छ ।

उहाँको निवासको भान्छामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि आइतबारबाट सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो ।

नेपाली सेनाले एक विज्ञप्ति जारी गरी प्रधानसेनापति थापाले स्वास्थ मन्त्रालयले जारी गरेको निर्देशिका र मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै आफूलाई सेल्फ क्वारेन्टिन गरेको जनाएको छ ।

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा
प्रतिक्रिया दिनुहोस्