
काठमाडौं, असार १८ । नेपाल चेम्बर अफ कमर्सले निर्यातजन्य उत्पादनलाई निर्यातका लागि सहज वातावरण बनाइदिन सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबार चेम्बरमा आयोजित कार्यक्रममा अध्यक्ष राजेशकाजी श्रेष्ठले पश्मिनालगायत निर्यातजन्य वस्तुको निर्यातका लागि सहज वातावरण बनाइदिन आग्रह गरे ।
उनले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत् करका विषयले निजी क्षेत्रलाई उत्साहित नबनाएको बताए ।
अर्थ मन्त्रालयका राजश्वसचिव लालशंकर घिमिरेले निजी क्षेत्रले बजेटको सुरुमा स्वागत गरेर पछि विरोध गरेको भन्दै आपत्ति जनाए ।
उनले सुरुमा बजेटको स्वागत गरेको निजी क्षेत्रले पछि विरोधका लागिमात्रै विरोध गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्