१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


सनराइज बैंकको कावासोतीमा शाखा विस्तार


0
Shares

काठमाडौं, असार १८ । सनराइज बैंकले नवलपुरस्थित कावासोतीमा शाखा विस्तार गरेको छ ।

बुधबार कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्धानियाथारु र सन्चालक समिति सदस्य शैलेन्द्र गुरागाइँले उक्त शाखाको संयुक्तरmपमा उद्घाटन गरेका हुन् ।

योसमेत गरी बैंकको शाखा संख्या ११२ ओटा पुगेको छ ।

साथै, बैंकले नेपालभर ३६ ओटा शाखारहित बैंकिङ सेवा, चारओटा एक्सटेन्सन काउन्टर, १२६ ओटा एटीएममार्फत् आफ्ना पाँच लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।