
काठमाडौं, असार १८ । बुधबार पनि सेयरबजारमा दोहोरो अंकको सुधार जारी रह्यो ।
बजार परिसूचक नेप्से १५ अंकले उकालो लागेर १२ सय ६८ पुग्यो ।
यसदिन कारोबारमा पनि केही सुधार आयो । ‘बिग मर्जर’ बहसले सेयरबजारका लगानीकर्तामा उत्साह छाएको विश्लेषण गरिएको छ ।
कारोबार भएका सबै समूह उकालो लागे । जीवनबिमा समूह ९४ अंक र निर्जीवन बिमा समूह पनि ९३ अंकले उकालो लागे । लघुवित्त समूह २६ अंकले उकालो लाग्यो । उत्पादनमूलक, जलविद्युत्, विकास बैंक र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले सुधारिए । अरु सामान्य अंकले हरियो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीका २० लाख ६४ हजार कित्ता सेयर ५५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्