२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बैंक अफ काठमाण्डूका सञ्चालकद्वारा सपथ


0
Shares

काठमाडौं, साउन १ । बैंक अफ काठमाण्डू लिमिटेडका सञ्चालक प्रकाश श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

उनले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालबाट सपथ लिएका हुन् ।

यसैबीच सो बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभाबाट बैंकको चुक्ता पूँजीको १३.२५ प्रतिशत बोनश शेयर पारित गर्ने निर्णय गरेको जनाइएको छ ।

साधारण सभामा छलफल तथा अनुमोदनका लागि पेश भएका अन्य सम्पूर्ण प्रस्तावहरु सभाले पारित भएको छ ।